रुससँगको बन्दी आदान–प्रदानमा सय युक्रेनी सुरक्षाकर्मी स्वदेश फर्के

शुक्रबार, २६ माघ, २०८०
डिजिटल संस्करण
रुससँगको बन्दी आदान–प्रदानमा सय युक्रेनी सुरक्षाकर्मी स्वदेश फर्के

तस्बिर : एएफपी

रुससँगको नयाँ कैदी आदान–प्रदान प्रक्रियाअन्तर्गत सय युक्रेनी सुरक्षाकर्मी घर फर्केका युद्ध बन्दीहरूका उपचारको समन्वयका लागि स्थापित केन्द्रीय कार्यालयले जनाएको छ। 

स्वदेश फिर्ता गरिएकामध्ये ८० भन्दा बढी मारिउपुल सहर र अजोभस्टल स्टिल प्लान्ट संरक्षणका लागि लडेका सैनिक रहेका छन्।

यसबाहेक, डोनेट्स्क र लुहान्स्कको लडाइँमा भाग लिने सिपाहीलाई पनि बन्दी आदान–प्रदानअन्तर्गत रिहा गरिएको छ। मुक्त भएकामध्ये कम्तीमा २८ जना गम्भीर घाइते भएका र गम्भीर रोगबाट पीडित रहेका बताइएको छ।

युक्रेन र रुसबीच सन् २०२२ मार्चपछि ५१ पटक बन्दी आदान–प्रदान भएको र यसअन्तर्गत कुल तीन हजार एक सय ३५ युक्रेनीमध्ये धेरैलाई रिहा गरिएको छ।

सुझावित समाचार