विमानस्थल प्रहरी प्रमुख डिआइजी चन्दको राजीनामा

आइतबार, २१ माघ, २०८०
डिजिटल संस्करण
विमानस्थल प्रहरी प्रमुख डिआइजी चन्दको राजीनामा

नेपाल प्रहरीका नायब महानिरीक्षक (डिआइजी) अर्जुन चन्द ठकुरी

नेपाल प्रहरीका नायब महानिरीक्षक (डिआइजी) अर्जुन चन्द ठकुरीले राजीनामा दिएका छन् । व्यक्तिगत कारण देखाउँदै उनले शुक्रबार राजीनामा दिएका हुन् । चन्द त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा प्रहरी प्रमुखका रूपमा कार्यरत थिए । 

कार्यबोझका कारण परिवारलाई समय दिन नसकेको कारण देखाउँदै उनले राजीनामा दिएको प्रहरी प्रधान कार्यालय स्रोत बताउँछ । पछिल्लो समय विमानस्थल प्रहरीको अध्यागमनलगायत निकायसँग टकराव बढेको थियो । जसमा प्रहरीलाई कारबाही गरेकोमा उनी असन्तुष्ट थिए । तर, काममा गम्भीरता देखाउन नसकेको भन्दै प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवरले उनको ध्यानाकर्षण गराउँदै आएका थिए । यहीबीचमा उनले अकस्मात् राजीनामा दिएका हुन् । 

०५१ मा इन्स्पेक्टर पदबाट भर्ना भएका चन्दको जागिर अवधि करिब एक वर्ष बाँकी थियो । ‘नितान्त व्यक्तिगत कारणले राजीनामा दिएको हुँ, अरू केही होइन,’ उनले नयाँ पत्रिकासँग भने । प्रहरी प्रधान कार्यालयले उनको राजीनामा स्वीकृतिका लागि गृह मन्त्रालय पठाउने तयारी गरेको छ ।

See More On

सुझावित समाचार