रिलायन्स फाइनान्स लिमिटेड र बुटवलको आधुनिक समाज डेन्टल केयर प्रालिबीच वित्तीय तथा स्वास्थ्य सेवामा छुटसम्बन्धी सम्झौता भएको छ ।
सम्झौतामा फाइनान्सका नायब प्रमुख कार्यकारी अधिकृत रामहरि आचार्य र आधुनिक समाज डेन्टल केयरका प्रबन्ध निर्देशक अमृत भुसालले हस्ताक्षर गरेका हुन् ।
सम्झौताअनुसार फाइनान्सका ग्राहक, सेयरधनी तथा कर्मचारीले डेन्टल केयरले प्रदान गर्ने सेवामा ३० प्रतिशतसम्म छुट प्राप्त गर्ने जनाइएको छ ।
फाइनान्सले काठमाडौं, ललितपुर, चितवन, कास्की, लमजुङ, काभ्रेपलाञ्चोक, गोरखा, झापा, रुपन्देही, कैलाली, कञ्चनपुर, बाँकेलगायतका जिल्लामा २१ शाखामार्फत सेवा दिइरहेको जनाएको छ ।