हिमाल आरोहणमा गेल्जे शेर्पालाई सघाउँदै माउन्टेन ड्यु

आइतबार, ७ माघ, २०८०
डिजिटल संस्करण

 माउन्टेन ड्युले आरोही गेल्जे शेर्पाको हिमाल आरोहण गर्ने सपनालाई साथ दिने भएको छ । शेर्पाले नेपालबाट आरोहण गर्ने ८,१८८ मिटरको चोयु हिमाल आरोहण गर्नेछन् । उनको यो आरोहण अभियान २०२५ लाई माउन्टेन ड्युले सघाउने जनाएको छ । 

पेप्सीको नेपालका एसोसिएट निर्देशक अनुज गोयलले सगरमाथा र अन्य थुप्रै आरोहणमा उत्कृष्ट प्रदर्शन गरेका कारण विश्वभर ख्याति कमाएका गेल्जेलाई सहयोग गर्न पाउँदा आफूहरू उत्साहित भएको बताए । ‘गेल्जेको आरोहण अभियान २०२५ लाई सक्रिय रूपमा हामीले साथ दिँदै छौँ,’ उनले भने  । 

त्यस्तै, आरोही गेल्जेले माउन्टेन ड्युबाट पाइरहेको साथ–सहयोगप्रति आभार प्रकट गरे । ‘हिमालमा हाम्रो शक्ति र सामथ्र्यलाई दर्साउने हामी शेर्पाका लागि यो एक उल्लेखनीय उपलब्धि हो,’ उनले भने । 

सुझावित समाचार