सिद्धार्थ बैंकको ‘कफी टेबल बुक’ सार्वजनिक

बुधबार, ११ पुष, २०८०
डिजिटल संस्करण

 सिद्धार्थ बैंकले आफ्नो स्थापनाको २१औँ वर्ष पूरा गरेको अवसर पारेर आफ्नो २१ वर्षसम्मको यात्रालाई समेटी तयार पारेको ‘कफी टेबल बुक’ सार्वजनिक गरेकोे छ । बैंकले सञ्चालनको २१ वर्ष पूरा भएको अवसरमा काठमाडौंमा आयोजना गरेको कार्यक्रममा ‘कफी टेबल बुक’ सार्वजनिक गरेको हो । 

बैंकका अध्यक्ष मनोजकुमार केडिया, सञ्चालक समितिका सदस्यहरू, पूर्वसञ्चालक तथा प्रमुख कार्यकारी अधिकृतहरू, प्रमुख कार्यकारी अधिकृत, व्यवस्थापन समूह र बैंकमा कार्यरत कर्मचारीहरूको उपस्थितिमा उक्त कार्यक्रम गरिएको जनाइएको छ । कार्यक्रममा बैंकले आफ्ना पूर्वसञ्चालक समितिका सदस्यहरू एवं पूर्वप्रमुख कार्यकारी अधिकृतलाई सम्मान गर्नुका साथै बैंकमा कार्यरत रही १५ वर्ष पूरा गरेका कर्मचारीलाई अभिनन्दन पनि गरेको जनाएको छ । 

यही अवसरमा बैंकले देशका विभिन्न स्थानमा आयोजना गरेको रक्तदान कार्यक्रममा दुई सय ९६ जना रक्तदाताको सहभागिता रहेको जनाइएको छ । अन्य केही स्थानमा पनि रक्तदान कार्यक्रम आयोजना गरिने बैंकले उल्लेख गरेको छ ।

सुझावित समाचार