ज्योति विकास बैंकले दियो विद्यालयलाई कम्प्युटर

मंगलबार, १० पुष, २०८०
डिजिटल संस्करण

ज्योति विकास बैंकले पोखराको एक विद्यालयलाई तीन थान कम्प्युटर सहयोग गरेको छ । बैंकको पोखरा शाखाले पोखरा–२८ स्थित रत्नशोभा माध्यमिक विद्यालयलाई तीन थान कम्प्युटर सहयोग गरेको हो । 

बैंकका क्षेत्रीय प्रबन्धक विशाल लामिछानेले विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कृष्णप्रसाद तिमिल्सिना र प्रधानाध्यापक गोपालबहादुर बुढाथोकीलाई कम्प्युटर हस्तान्तरण गरेका थिए । संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत बैंकले कम्प्युटर सहयोग गरेको लामिछानेले बताए । 

बैंकले गर्ने सामाजिक कामका लागि बैंकले स्थापना गरेको ‘हाम्रो विकास प्रवद्र्धन कोष’मार्फत सहयोग गरिएको उनको भनाइ थियो । विद्यालयमा अध्ययनरत विद्यार्थीमा सूचना प्रविधिसम्बन्धी सीपको विकाससँगै प्रयोगात्मक सीपमार्फत गुणस्तरीय आधारभूत शिक्षामा सहयोग पुगोस् भन्ने उद्देश्यसहित कम्प्युटर सहयोग गरेको उनले बताए ।                                            

सुझावित समाचार