मेटलाइफ एसियाका क्षेत्रीय प्रेसिडेन्टद्वारा नेपाल भ्रमण

आइतबार, १७ मंसिर, २०८०
डिजिटल संस्करण

मेटलाइफ नेपालले एसियाका लागि क्षेत्रीय प्रेसिडेन्ट लिन्डन ओलिभरसँगै बंगलादेश, मलेसिया, नेपाल र भियतनामका मेटलाइफका क्षेत्रीय प्रमुख एलिना बुटारोभा र एसियाका प्रमुख वित्तीय अधिकृत आशिष भाटलाई नेपालमा स्वागत गरेको छ ।

नोभेम्बर २९ मा आफ्नो एकदिने भ्रमणका क्रममा, ओलिभरले कर्मचारी र अभिकर्तासँग भेटघाट गर्नेलगायत धेरै कार्यक्रममा भाग लिएका छन् । ओलिभर जुलाई २०२२ देखि क्षेत्रीय अध्यक्ष रहेका छन् ।

उनले मेटलाइफको कोषाध्यक्ष र रणनीति प्रमुखका रूपमा सेवा गरेका छन् । यसअघि उनी एसियाका जापान र हङकङमा दुई पोस्टिङ भइसकेका छन् । उनी कम्पनीको कार्यकारी नेतृत्व टोलीका सदस्य र कम्पनीको परोपकारी शाखा मेटलाइफ फाउन्डेसनका बोर्ड सदस्य र कोषाध्यक्ष पनि हुन् ।
 

See More On

सुझावित समाचार