एनएमबि बैंक लिमिटेडले जाजरकोट केन्द्रबिन्दु भएर आएको भूकम्पबाट प्रभावितका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ५० लाख नगद सहयोग प्रदान गर्ने निर्णय गरेको छ।
बैंकले भूकम्पपीडितको उद्धार तथा राहतका लागि संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत यो नगद सहयोग गर्ने निर्णय गरेको हो।
कर्णाली प्रदेशको जाजरकोटमा केन्द्रबिन्दु भई शुक्रबार राति गएको विनाशकारी भूकम्पले जाजरकोट, रुकुम पश्चिमलगायत आसपासका क्षेत्रमा ठूलो मात्रामा मानवीय तथा भौतिक क्षति भएको छ।