निगमद्वारा तीनवटा जहाज खरिदका लागि बोलपत्र आह्वान

आइतबार, ५ कार्तिक, २०८०
डिजिटल संस्करण

नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स)ले तीनवटा जहाज खरिदका लागि बोलपत्र आह्वान गरेको छ । दुर्गम क्षेत्रमा उडानका लागि तीन जहाज खरिदका लागि बोलपत्र आह्वान गरिएको निगमले जनाएको छ ।

निगमले दुर्गम क्षेत्रमा उडानका लागि तीन ट्विनअटर खरिद गर्न लागेको हो । ती जहाज निगमले आन्तरिक स्रोतबाट खरिद गर्ने जनाइएको छ । निगमसँग हाल आन्तरिक उडानतर्फ दुईवटा ट्विनअटर जहाज छन् ।  

सुझावित समाचार