एमाले बालकोटको पाले भइसक्यो : घनश्याम भुसाल

शनिबार, २० असोज, २०८०
डिजिटल संस्करण
एमाले बालकोटको पाले भइसक्यो : घनश्याम भुसाल

फाइल तस्बिर

नेकपा (एकीकृत समाजवादी)का महासचिव घनश्याम भुसालले नेकपा एमालेको अग्रसरतामा विकास सम्भव नभएको दाबी गरेका छन्।

एमाले अध्यक्ष केपी ओलीको बुझाइमा विकास भनेको ‘भ्यू टावर’ र पानी जहाज कुदाउनु मात्र भएको भन्दै उनले एमालेबाट विकास सम्भव नहुने बताएका हुन्।

पार्टीको मेची–महाकाली जागरण अभियान तथा संगठन विस्तार कार्यक्रमलाई कावासोतीमा सम्बोधन गर्दै भुसालले एमाले पार्टी बालकोटको पाले भइसकेको टिप्पणीसमेत गरे।

‘ओलीको चाहनाविरुद्ध एमालेमा कसैलाई बोल्न दिइन्न, कसैले बोल्ने आँट गर्यो भने टिक्न दिइन्न,’ उनले भने, ‘कसैले आवाज उठाए ठुँगिन्छ र निकालिन्छ। त्यसैले एमाले पार्टी बालकोटको पाले भइसक्यो।’

ओलीले असंवैधानिक ढंगले संसद् विघटन गरेका कारण देशको अवस्था झन्झन् बिग्रँदै गएको भन्दै भुसालले ओलीले भाँचेर ध्वस्त बनाएको वामबगैंचामा फेरि फूल फुलाउन आफ्नो पार्टीले अग्रसरता लिएको बताए।

सुझावित समाचार