लिबियामा बाढीका कारण साढे ३८ हजार बढी विस्थापित, पिउने पानीको अभाव

शनिबार, ३० भदौ, २०८०
डिजिटल संस्करण
लिबियामा बाढीका कारण साढे ३८ हजार बढी विस्थापित, पिउने पानीको अभाव

तस्बिर : राेयटर्स

भूमध्यसागरीय आँधी डेनियलका कारण आएको बाढीले उत्तरपूर्वी लिबियामा ३८ हजार ६४० जना विस्थापित भएका छन्।

बाढीले करिब पाँच हजार घरमा क्षति पुर्याएको तथा खानेपानी, विद्युत् र अत्यावश्यक सामग्री आपूर्तिमा पनि समस्या भएको छ। प्रभावित क्षेत्रमा पिउने पानीको अभाव भएको बताइएको छ।

बाढीले अहिलेसम्म पाँच हजार ५ सय जनाको मृत्यु भइसकेको छ भने १० हजार मानिस बेपत्ता भएको समाचारमा उल्लेख छ। सिन्ह्वा/न्युज एजेन्सी नेपाल

See More On

सुझावित समाचार