लिबियामा आएको भीषण बाढीमा तीन हजारभन्दा बढीको मृत्यु

बुधबार, २७ भदौ, २०८०
डिजिटल संस्करण

पूर्वी लिबियामा आएको बाढीमा परी तीन हजारभन्दा बढीको मृत्यु भएको तथा १० हजारभन्दा बढी बेपत्ता भएको रेडक्रसका अधिकारीले बताएका छन् । रेडक्रस र रेड क्रिसेन्ट सोसाइटीहरूको अन्तर्राष्ट्रिय महासंघका लिबियाका लागि प्रतिनिधिमण्डलका प्रमुख टेमेर रमदानले उत्तर अफ्रिकी देशमा बाढी पछि १० हजार मानिस बेपत्ता भएको र मर्नेहरूको संख्या हजारौँ पुग्न सक्ने चेतावनी दिएका छन् ।

मंगलबार ट्युनिसियाबाट भिडियो कन्फरेन्समार्फत जेनेभामा संयुक्त राष्ट्र संघको ब्रिफिङमा पत्रकारसँग कुरा गर्दै रमदानले बाढीले बगाएर ज्यान गुमाउनेको संख्या धेरै ठूलो भएको बताएका थिए । क्षतिको आकलन सकिएपछि ज्यान गुमाउनेको संख्या हजारौँ पुग्न सक्ने उनले आकलन गरे । लिबियाका अधिकारीले ‘ड्यानियल’ नामक समुन्द्री आँधीपछि आएको मुसलधारे वर्षासँगै अचानक बाढी आएको र त्यसमा परी पूर्वी सहर डेर्नामा मात्र तीन हजारभन्दा बढीको मृत्यु भएको आशंका गरेका छन् । 
 

सुझावित समाचार