जी-२० शिखर सम्मेलन सम्पन्न

आइतबार, २४ भदौ, २०८०
डिजिटल संस्करण

भारतले ब्राजिललाई अध्यक्षता हस्तान्तरण गरेसँगै हिजोदेखि नयाँदिल्लीमा सुरु भएको जी–२० शिखर सम्मेलन सम्पन्न भएको छ। 

शिखर सम्मेलनको अन्तिम सत्रमा शीर्ष नेताहरूको उपस्थितिपछि भारतीय प्रधानमन्त्रीले शिखर सम्मेलनको समापन घोषणा गरेका थिए।

भारतले नोभेम्बरमा जी–२० देशहरूको भर्चुअल शिखर सम्मेलन आयोजना गर्नेछ। मोदीले प्रस्ताव गरेको भर्चुअल शिखर सम्मेलनको प्रस्तावलाई सदस्यराष्ट्रहरूले अनुमोदन गरेका छन्। आगामी सम्मेलन ब्राजिलमा हुनेछ।

सुझावित समाचार