एसिया कप खेलेर स्वदेश फर्कियो टाेली, विमानस्थलमा मंगलधुनले स्वागत [तस्बिरहरू]

बुधबार, २० भदौ, २०८०
डिजिटल संस्करण

पाकिस्तान र श्रीलंकामा जारी एसिया कप क्रिकेटमा सहभागी भएर नेपाली राष्ट्रिय टिम स्वदेश फर्किएको छ। 

स्वदेश फर्किएको टोलीलाई विमानस्थलमा भव्य स्वागत गरिएको छ। नेपाल क्रिकेट स‌ंघका पदाधिकारी तथा क्रिकेटसमर्थकले टिमलाई स्वागत गरेका हुन्। 

स्वागतका लागि सशस्त्र प्रहरीको ब्यान्ड टोली विमानस्थल लगिएको थियो। ब्यान्डले मंगलधुन बजाएर टोलीको स्वागत गरेको थियो। 

भारत र पाकिस्तानविरुद्ध खेलेको नेपालले जित हात पार्न नसके पनि सबैतिरबाट प्रशंसा बटुलेको छ। 

सुझावित समाचार