नेपाललाई पहिलो झड्का, १० ओभरमा नेपालले बनायो ६५ रन

सोमबार, १८ भदौ, २०८०
डिजिटल संस्करण

एसिया कप क्रिकेट २०२३ अन्तर्गत समूह चरणको अन्तिम खेलमा नेपाल र भारत भिडिरहेका छन्।

श्रीलंकाको कान्डीस्थित पालेकेले स्टेडियममा भारतले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरिरहेको नेपालले आक्रामक सुरुवात गरेको छ। 

नेपालले दश ओभरमा एक विकेटको क्षतिमा ६५ रन बनाएको छ । नवौँ ओभरको पाँचौँ बलमा कुशल भुर्तेलको विकेट गुमेको हो। आक्रामक क्रिकेट खेलका कुशलले दुई चौका र तीन छक्काको सहयोगमा २५ बलमा ३८ रन बनाए। 

क्रिजमा अहिले आसिफ सेख र भीम सार्की छन्। आसिफ पाँच चौकाको सहयोगमा ३६ बलमा २३ रन बनाएर खेलिरहेका छन्। नेपालले पहिलो विकेटका लागि ६५ रनको साझेदारी गर्याे।

सुझावित समाचार