केन्द्रीय निक्षेप प्रणाली भनेको के हो ?

आइतबार, १७ भदौ, २०८०
डिजिटल संस्करण

अर्थ ज्ञान

धितोपत्रको केन्द्रीय निक्षेप (सेन्ट्रल सेक्युरिटिज डिपोजिटरी) त्यस्तो प्रणाली हो, जसले भौतिक तथा अभौतिक रूपमा धितोपत्र धारण गरी किताबी प्रबिष्टिमार्फत हक हस्तान्तरण कार्य सम्भव बनाउँछ ।

केन्द्रीय निक्षेपले भौतिक रूपमा रहेका धितोपत्रलाई स्थिर गर्ने वा भौतिक प्रमाणपत्ररहित गरी धितोपत्रको विद्युतीय अभिलेखको व्यवस्था गर्दछ । केन्द्रीय निक्षेप कम्पनीमा सहभागी भएका कम्पनीको धितोपत्र सम्बन्धित धितोपत्र धनीबाट आफ्नो जिम्मामा लिई धितोपत्रको खाता राख्ने, धितोपत्र सुरक्षित राख्ने, धितोपत्र वा स्वामित्व अधिकार परिवर्तनसम्बन्धी सेवा प्रदान गर्ने धितोपत्र बजारसम्बन्धी उच्चस्तरीय प्रविधि हो । 

केन्द्रीय निक्षेप प्रणालीले दक्ष एवं जोखिममुक्त धितोपत्र कारोबारको वातावरण सिर्जना गरी पुँजी बजारलाई बढी तरल बनाउन, वैदेशिक लगानीकर्तालाई आकर्षित गर्न तथा अन्तर्राष्ट्रिय स्तरहरूको परिचालनमा सहयोग पुर्याउँछ ।
 

सुझावित समाचार