नेपालले तेस्रो विकेट पनि गुमायो

बुधबार, १३ भदौ, २०८०
डिजिटल संस्करण

नेपालको तेस्रो विकेट पनि गुमेको छ। एसिया कप २०२३ को उद्घाटन खेलमा पाकिस्तानले दिएको ३४३ रनको विशाल लक्ष्य पछ्याएको नेपाललाई लगातार झड्का लागेको हो। 

पहिलो ओभरमै दुई लगातारका बलमा नेपाललाई दोहोरो झड्का लागेको थियो। दोस्रो ओभरमा पनि नेपालले विकेट गुमाएको छ। नेपालले कुल १३ रन बनाउँदा तीन विकेट गुमाइसकेको छ। 

पहिलो ओभरमा नेपालले ओपनर कुशल भुर्तेल र कप्तान रोहित पौडेललाई गुमाएको थियो। साहिन अफ्रिदीलाई लगातार दुई बलमा दुई चौका प्रहार गरेपछि कुशल क्याच आउट भए। उनको स्थानमा आएको कप्तान रोहित गोल्डेन डक भए। उनी एलबिडब्लु धरापमा परे। 

लगत्तै, बलिङमा आएका नसिम साहले अर्का ओपनर आसिफ सेखलाई इफ्तिखार अहमदको हातबाट क्याच आउट गराए। 

सुझावित समाचार