एसिया कप २०२३ को पहिलो खेलमा अहिले नेपाल र पाकिस्तान भिडिरहेका छन्। टस जितेर पहिले ब्याटिङ रोजेको पाकिस्तानले २२ ओभरको समाप्तिमा एक सय रन पूरा गरेको छ। दुई विकेटको क्षतिमा पाकिस्तानले सय रन पूरा गरेको हो।
कप्तान बाबर आजम र मोहम्मद रिजवान क्रिजमा जमेपछि नेपाली बलर दबाबमा देखिएका छन्। २५ रनभित्र दुई विकेट गुमाएको पाकिस्तान अहिले सुदृढ देखिएको छ।
बाबर ४१ र रिजवाद ३९ रन बनाएर खेलिरहेका छन् । यी दुईबीच एक सय पाँच बलमा ८२ रनको साझेदारी भइसकेको छ। दुवै सहज रूपमा खेलिरहेका छन्। नेपालका कुनै पनि बलर बाबर र रिजवानलाई दबाबमा राख्न सकेका छैनन् ।