समृद्धि फाइनान्सको समृद्धि बचत धमाका

आइतबार, १० भदौ, २०८०
डिजिटल संस्करण

समृद्धि फाइनान्सले समृद्धि बचत धमाकाको योजना ल्याएको छ । उक्त योजनाअन्तर्गत ग्राहकले आफ्नो बचतलाई ७१ महिना ५ दिनमा दोबर, ११२ महिना २३ दिनमा तीन गुणा, १६५ महिना ६ दिनमा पाँच गुणा र २१३ महिना १३ दिनमा आठ गुणासम्म बढाउन सक्नेछन् ।

साथै, रेमिट्यान्स बचत धमाका योजनाअन्तर्गत बचतकर्ताले आफ्नो बचतलाई ६५ महिना २८ दिनमा दोबर, ८९ महिना १४ दिनमा तीन गुणा, १३४ महिनामा पाँच गुणा र १६८ महिना २१ दिनमा आठ गुणासम्मको उच्चतम प्रतिफल पाउन सक्नेछन् । त्यस्तै, समृद्धि फाइनान्सले १० प्रतिशतसम्म र मुद्दतीमा १२.५० प्रतिशतसम्म ब्याजदर प्रदान गरिरहेको छ ।

सुझावित समाचार