पहिरोले भीमदत्त राजमार्ग अवरुद्ध

मंगलबार, २३ साउन, २०८०
डिजिटल संस्करण

सुदूरपश्चिमका सात पहाडी जिल्लालाई तराईसँग जोड्ने भीमदत्त राजमार्ग पहिरोले अवरुद्ध भएको छ । कैलालीको गोदावरी नगरपालिका– ४ मा सोमबार राति गएको पहिरोले सडक पुरिनुका साथै भासिएको छ ।

पहिरोले सडक केही ठाउँमा भासिएर चिरा परेको र राजमार्ग पूर्ण रूपमा अवरुद्ध बनेको प्रहरीले जनाएको छ । सडक अवरुद्ध भएर दर्जनौँ सवारीसाधन रोकिँदा यात्रुहरू बीचबाटोमै अलपत्र परेका छन् ।

दुई ठाउँमा पहिरो गएको त्यहाँ खटिएका सुदूरपश्चिम प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाका प्रहरी सहायक निरीक्षक आकाश रावलले जानकारी दिए ।

पहिरो पन्छाउन सडक डिभिजन कार्यालयको आउन लागेको उनले बताए । ‘माथिको पहिरो ठूलो छ भन्ने खबर आएको छ, हामी त्यहाँ पुग्न सकेका छैनौँ,’ उनले भने ।

सुझावित समाचार