महेन्द्रनगरमा टिभिएसको एओजी राइड

मंगलबार, ९ साउन, २०८०
डिजिटल संस्करण

टिभिएसको मातहतमा रहेको अपाचे ओनर्स ग्रुप (एओजी)ले महेन्द्रनगरमा राइड सम्पन्न गरेको छ । ४० राइडरहरूको सहभागिता रहेको राइडमा एओजी टिमले महेन्द्रनगर हुँदै बेटकोट नगरपालिका वडा नं ७ मा रहेको बैजनाथधाम ज्येष्ठ नागरिक सेवा केन्द्र भएर खर्क रिसोर्टसम्मको यात्रा गरेको हो । 

युवाहरूको बाइकिङप्रतिको प्रेमलाई एकै छानोमुनि ल्याउनका साथै राइडरहरूबीचको भाइचारा बढाउन एओजी विगत एक वर्षदेखि लागिपरेको टिभिएस मोटरसाइकलको नेपालका लागि आधिकारिक विक्रेता जगदम्बा मोटर्सले जनाएको छ । राइडसँगै एओजीले बैजनाथधाम ज्येष्ठ नागरिक सेवा केन्द्रमा आश्रय लिएका १९ जना वृद्धवृद्धालाई भेटघाट गरी खाद्यान्न तथा टिसर्ट वितरण गरेको जनाइएको छ । पछिल्लो चार महिनामा एओजीले यस्ता ५४ वटा राइडहरू सम्पन्न गरिसकेको जनाएको छ । 

जगदम्बा मोटर्सले सञ्चालन गरेको देशभरका एक सय ४० भन्दा बढी डिलरहरूको सञ्जालका कारण टिभिएसले बजारमा आफ्नो मजबुत पकड बनाउन र ग्राहकलाई सन्तुष्ट बनाउन सफल भएको कम्पनीले जनाएको छ ।

सुझावित समाचार