वैदेशिक रोजगारीलाई नै देश विकासको आधार मान्नुपर्ने अवस्था छ : मन्त्री भण्डारी

बिहिबार, २८ असार, २०८०
डिजिटल संस्करण

श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीले वैदेशिक रोजगारी देश विकासको आधार भएको बताएका छन्। 

बिहीबारर राष्ट्रिय सभा बैठकमा बोल्दै मन्त्री भण्डारीले वर्तमान अवस्थामा देशको विकासको आधार वैदेशिक रोजगारी नै भएको बताएका हुन्। 

उनले वैदेशिक रोजगारीमा जानु नेपालीका लागि बाध्यता भएको पनि बताए। उनले देशको परिस्थिति, रोजगारको अवस्था, आर्थिक स्थिति र राष्ट्रिय, अन्तर्राष्ट्रिय आर्थिक मन्दीका कारण देशको विकासको आधार वैदेशिक रोजगारीलाई मान्नुपर्ने अवस्था रहेको बताए। 

मन्त्री भण्डारीले वैदेशिक रोजगारीमा जाने श्रमिकलाई सुरक्षित र सम्मानित ढंगले गन्तव्यसम्म पठाउनुपर्नेमा जोड दिए। 

उनले श्रमिकहरूलाई सुरक्षित रूपमा गन्तव्यमा पुर्याउनका लागि मन्त्रालयले विभिन्न सुधारात्मक काम अगाडि बढाएको दाबी गरे। 

सुझावित समाचार