हेगस्थित बेलारुसको दूतावासमा अज्ञात समूहको आक्रमण

मंगलबार, १९ असार, २०८०
डिजिटल संस्करण

 हेगमा रहेको बेलारुसी दूतावासमा आइतबार अज्ञात समूहले आक्रमण गरेको रुसी समाचार एजेन्सी तासले जनाएको छ । ‘आक्रमण जुलाई २ मा बिहानको समयमा भएको’ बेलारुसी दूतावासले उल्लेख गरेको छ । दूतावासले आक्रमणकारीलाई डच प्रहरीले नियन्त्रणमा लिएको जानकारी दिएको छ । 

आक्रमणकारीले दूतावासको भवनको झ्यालहरू तोडेको र भवनमा ढुंगा प्रहार गरेको बताइएको छ । आक्रमणकारीले भवनका भित्तामा विभिन्न किसिमका नारा पनि लेखेका थिए । ती नारामा बेलारुसका राष्ट्रपति अलेक्जेन्डर लुकासेन्कोलाई आतंकवादसँग जोडिएको छ । आक्रमणबारे अनुसन्धान भइरहेको जनाइएको छ । 

सुझावित समाचार