भाटभटेनीका सञ्चालक मीनबहादुर गुरुङ पक्राउ

मंगलबार, १२ असार, २०८०
डिजिटल संस्करण

भाटभटेनी सुपरमार्केटका सञ्चालक मीनबहादुर गुरुङ पक्राउ परेका छन्। प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले गुरुङलाई काठमाडाैंबाट पक्राउ गरेकाे हाे।

ललितानिवास प्रकरणमा अनुसन्धानका लागि उनलाई पक्राउ गरिएकाे एआइजी किरण बज्राचार्यले जानकारी दिइन्।

ललितानिवासको सरकारी जग्गा व्यक्तिको नाममा ल्याउन उनले आर्थिक लगानी गरेको र पछि आफ्नै नाममा ल्याएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगको छानबिनमा भेटिएको थियो।

सुझावित समाचार