वेस्ट इन्डिजको १५० रन पूरा, क्रिजमा जम्दै पुरन र होप

बिहिबार, ७ असार, २०८०
डिजिटल संस्करण

सुरुवातमै लगातार तीन झड्का व्यहोरेको वेस्ट इन्डिज सम्हालिएको छ । ३० ओभरको क्षतिमा उसले एक सय पचास रन पूरा गरेको छ ।

धराशायी बनेको इनिङलाई कप्तान साई  होप र निकोलस पुरनले सम्हालेका छन् । होपले व्यक्तिगत २४औँ अर्धशतक पूरा गरिसकेका छन् । उनले जारी प्रतियोगितामा लगातार दोस्रो अर्धशतक बनाएका हुन् । उनले एक छक्का र ६ चौकाको मद्दतमा ८४ बलमा ६७ रन बनाएका छन् । 

यस्तै, पुरन अर्धशतकको नजिक पुगेका छन् । पुरनले दुई छक्का र तीन चौका प्रहार गरिसकेका छन् । 

यी दुईबीच ८७ बलमा ९५ रनको साझेदारी भइसकेको छ । वेस्ट इन्डिजले दुई रन बनाउँदा पहिलो, ९ रन बनाउँदा दोस्रो र ५५ रन बनाउँदा तेस्रो विकेट गुमाएको थिए । 

१६औँ ओभरमा विकेटकिपर आसिफ सेखबाट जीवन दान पाएका पुरन आक्रामक देखिएका छन् । 

सुझावित समाचार