वेस्ट इन्डिजलाई तेस्रो झड्का, सन्दीपले दिलाए सफलता

बिहिबार, ७ असार, २०८०
डिजिटल संस्करण

आइसिसी एकदिवसीय विश्वकप क्रिकेटको ग्लोबल छनोटको तेस्रो खेलमा नेपाललाई तेस्रो सफलता मिलेको छ । 

वेस्ट इन्डिजले १५.३ ओभरमा ५५ रनको स्थितिमा तेस्रो विकेट गुमाएको हो । ४२ बलमा ३२ रन बनाइसकेका वेस्ट इन्डिजका ओपनर ब्रेन्डन किङलाई सन्दीपले बोल्ड गरे । 

जारी प्रतियोगितामा सन्दीपको यो पहिलो विकेट हो । उनले यसअघि जिम्बावे र अमेरिकासँगको खेलमा विकेट लिन सकेका थिएनन् । 

सन्दीपले आफ्नो दोस्रो ओभरको तेस्रो बलमा विकेट लिएका हुन् । उनले पहिलो ओभर मेडन दिएका थिए ।

सुझावित समाचार