अमेरिकालाई पाँचौँ झड्का, दीपेन्द्रले लिए विकेट

एकदिवसीय विश्वकप ग्लोबल छनोट

मंगलबार, ५ असार, २०८०
डिजिटल संस्करण

आइसिसी एकदिवसीय विश्वकप ग्लोबल छनोटअन्तर्गत समूह चरणको दोस्रो खेलमा नेपालले अहिले अमेरिकाको सामना गरिरहेको छ।

यसबीच अमेरिकाले पाँचौँ विकेट गुमाएको छ। विस्फोटक ब्याट्सम्यान जगन्नाथ सिंहलाई दीपेन्द्रसिंह ऐरीले आउट गरेका छन्। 

आरिफ सेखले आकर्षक क्याच समाउँदै जगन्नाथलाई पेभेलियन पठाए। वेस्टइन्डिजसँगको अघिल्लो म्याचमा शतक लगाएका जगन्नाथ नेपाली बलरमाथि हाबी हुनै लाग्दा आउट भएका हुन्। 

ताजा अवस्थामा अमेरिकाले २३ ओभरमा पाँच विकेट गुमाएर ७५ रन बनाएको छ।
 

सुझावित समाचार