टिभिएसको ‘च्याम्पियन अफ टेक्नोलोजी’ अफर बुधबार सकिने

मंगलबार, १६ जेठ, २०८०
डिजिटल संस्करण

 नेपालका लागि टिभिएसका दुईपांग्र्रे सवारीसाधनको आधिकारिक वितरक जगदम्बा मोटर्स प्रालिले ल्याएको ‘च्याम्पियन अफ टेक्नोलोजी अफर बुधबार सकिने भएको छ । कम्पनीले नयाँ वर्षको अवसर पारेर विभिन्न छुट तथा अफरसहित योजना सुरु गरेको थियो । 

नयाँ वर्ष ०८० को अवसर पारेर टिभिएसले आफ्ना हरेक बाइकको खरिदमा आठ हजार रुपैयाँको स्योर सट क्यास डिस्काउन्ट, स्कुटरको खरिदमा सात हजार रुपैयाँको स्योर सट क्यास डिस्काउन्ट र अपाचे बाइकको खरिदमा पाँच हजार रुपैयाँ मूल्यबराबरको हेलमेट सित्तैमा दिइरहेको जनाएको छ । त्यसका साथै शून्य प्रतिशत ब्याजदरको फाइनान्स सुविधा र बाइक एक्सचेन्जमा बजार मूल्यभन्दा १० हजार रुपैयाँभन्दा बढी भ्यालुएसन पनि पाउने जनाइएको छ । 

कम्पनीले देशभर एक सय ४० भन्दा बढी डिलरहरूमार्फत उपभोक्तालाई सेवा दिइरहेको जनाएको छ । गुणस्तरीय उत्पादन, नवीन प्रविधिको प्रयोग, बिक्रीपश्चात्को उत्कृष्ट सेवा र देशभर जगेडा पार्टपुर्जाहरूको उपलब्धताका कारण यो सर्वाधिक रुचाइएको ब्रान्ड भएको कम्पनीको दाबी छ । 

See More On

सुझावित समाचार