प्रमुख प्रतिपक्ष दल नेकपा एमालेको नाराबाजीपछि २० मिनेटका लागि भनेर स्थगित भएको संसद् अझै सुरु हुन सकेको छैन।
संघीय संसद् महासचिवले प्रतिनिधिसभाको दोस्रो बैठक दिउँसो ३ बजे बस्ने सूचना निकालेका थिए। तर, बैठक बस्नका लागि दलहरूबीच सहमति जुट्न नसकेपछि बैठक अन्याेल बनेको छ।
बुधबारको संसद् बैठकमा नेकपा माओवादीका सांसद लेखनाथ दाहालले पशुपतिनाथ मन्दिरमा सुन भनेर राखिएको जलहरी पित्तलको भन्ने प्रतिक्रिया दिएपछि एमालेले आज संसद् अवरोध गरेको हो।
एमाले सांसदले दाहालको भनाइ संसद्को रेकर्डबाट हटाउनुपर्ने माग राख्दै नाराबाजी गरेका थिए। आज जेठ ५ मा सरकारले ल्याएको नीति तथा कार्यक्रममाथि सांसदले उठाएका सवालको प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले जवाफ दिने र आजै नीति तथा कार्यक्रम पारिने गर्ने कार्यसूची तय भएको थियो।
तस्बिर : संजित परियार/नयाँ पत्रिका