बिवाइडीको ‘सपना र वनजंगलको निर्माण’ अभियान

बिहिबार, ११ जेठ, २०८०
डिजिटल संस्करण

विश्व जैविक विविधता दिवसको अवसर पारेर बिवाइडी गाडीको आधिकारिक वितरक साइमेक्स इन्कले सामाजिक उत्तरदायित्वको पहल गर्दै ‘सपना र वनजंगलको निर्माण’ नामक अभियान घोषणा गरेको छ । ०६२ सालमा गैरकानुनी बालुवाखानी उत्खनन र फँडानीको चपेटामा परेको चखनडोल सामुदायिक वन पुनस्र्थापनाको लक्ष्यसहित अभियान घोषणा गरिएको हो । 

कुनै वेला विविध जीव र वनस्पतिसहित फस्टाए पनि अत्यधिक दोहनका कारण नष्ट भएको चखनडोल सामुदायिक वनलाई यो अभियानले वनमा स्थानीय प्रजातिका बिरुवा लगाई ती हुर्कने अनुकूल वातावरणको निर्माण गरेर पहिलेकै अवस्थामा फर्काउने लक्ष्य राखिएको कम्पनीको भनाइ छ । यो महŒवाकांक्षी प्रयासले वनलाई ब्युँत्याउने मात्र नभई सात–आठथरीका विभिन्न चराका प्रजातिलाई फेरि फर्काउन र यस क्षेत्रको पर्यावरण सन्तुलनमा समेत सघाउ पुग्ने कम्पनीले अपेक्षा गरेको छ । 

वृक्षरोपणको पहिलो वर्ष नै यो अभियानले आठ सय २७ टन अक्सिजन उत्पादन गर्दै तीन सय १० टन कार्बन संरक्षण गर्ने जनाइएको छ । पाँच वर्षभित्रै उक्त वनले १५५० टन कार्बन जम्मा गर्दै ४१३३ टन अक्सिजन उत्पादन गर्ने कम्पनीको दाबी छ । साइमेक्स इन्कका प्रमुख मार्केटिङ अधिकृत समीर श्रेष्ठले अभियान बिवाइडीको प्रविधिको प्रयोग पर्यावरण संरक्षणमा भन्ने मूल्य र मान्यताको पृष्ठपोषण गर्न सफल हुने बताए ।

उनले भने, ‘यो अभियानले चखनडोल सामुदायिक वनलाई पुनर्जीवित गर्ने मात्र नभई, वातावरण संरक्षणमा हाम्रो निरन्तरको प्रयास र दिगो भविष्य निर्माणको हाम्रो लक्ष्यको प्रतिनिधित्व गर्छ । हामीलाई विश्वास छ, यो कार्यक्रमले अरूलाई पनि जैविक विविधताको क्षेत्रमा काम गर्न प्रेरित गर्नेछ ।’

सुझावित समाचार