संघीयता खारेजीको विषय नीति तथा कार्यक्रममा आउनुपर्छ ः चित्रबहादुर केसी

आइतबार, ७ जेठ, २०८०
डिजिटल संस्करण
संघीयता खारेजीको विषय नीति तथा कार्यक्रममा आउनुपर्छ ः चित्रबहादुर केसी

फाइल तस्बिर

राष्ट्रिय जनमोर्चा पार्टीका अध्यक्ष तथा सांसद चित्रबहादुर केसीले संघीयता खारेजीको कुरा सरकारको नीति तथा कार्यक्रममा राख्नुपर्ने बताएका छन्।

आइतबार प्रतिनिधिसभा बैठकमा सरकारको आर्थिक वर्ष ०८०/८१ को नीति तथा कार्यक्रममाथिको छलफलमा भाग लिँदै उनले यस्तो बताएका हुन्। नेपालमा संघीयताविरुद्धको जनमत तयार भइरहेको दाबी गर्दै उनले त्यसले लोकतन्त्र र गणतन्त्रलाई सिध्याउने खतरा रहेको बताए।

‘संविधान र संघीयताको प्रभावकारी कार्यान्वयन भन्ने वाक्यांश हटाई संघीयता खारेज गरी संविधानको कार्यान्वयन भन्ने वाक्यांश राख्नुपर्छ। संघीयता हुँदैन,’ उनले भने। 

अध्यक्ष केसीले कालापानीबाट भारतीय सेना हटाउने कुरा पनि नीति तथा कार्यक्रममा उल्लेख हुनुपर्ने माग गरे। यद्यपि, वर्तमान सरकार कायम हुनुपर्ने भएकाले नीति तथा कार्यक्रम पारित हुनुपर्ने उनको भनाइ छ।

सुझावित समाचार