सरकारले ०८० को दशकलाई पर्यटन दशकको रूपमा मनाउने घोषणा गरेको छ। सन् २०२५ लाई भने पर्यटन वर्षको रूपमा मनाउने सरकारको घोषणा छ।
यसअघि सन् २०२० लाई पर्यटन वर्ष (भ्रमण नेपाल) को रूपमा मनाउने घोषणा गरिएको थियो। तर, त्यो कोरोनाका कारण स्थगित भएको थियो। त्यसको तीन वर्षपछि आएर सरकारले सन् २०२५ लाई पर्यटन वर्षको रूपमा मनाउने घोषणा गरेको हो।
राष्ट्रपति रामचन्द्र पौडेलले शुक्रबार संघीय संसदमा आगामी आव ०८०/८१ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै यस्तो बताएका हुन्। यसका लागि आन्तरिक तथा बाह्य पर्यटकलाई प्रवर्द्धन गरिने पनि उनले बताए।