अर्थतन्त्रका सूचक हेर्दा मुलुक अप्ठ्यारो अवस्थामै छ : सांसद पौडेल

मंगलबार, २ जेठ, २०८०
डिजिटल संस्करण

नेकपा एमालेका सांसद विष्णुप्रसाद पौडेलले मुलुकको अर्थतन्त्रका सूचकहरू हेर्दा अप्ठ्यारो अवस्थामा रहेको बताएका छन्। मंगलबार प्रतिनिधिसभाअन्तर्गतको अर्थ समितिको पहिलो बैठकमा बोल्दै सांसद पौडेलले यस्तो बताएका छन्। 

उनले अर्थतन्त्रका समस्या र चुनौतीको बीचमा सरकार अगाडि बढ्ने विषयमा सबैलाई जानकारी दिनुपर्ने बताए। उनले मुलुकको अर्थतन्त्रका समस्या र चुनौती समाधान गर्नको लागि सरकारले अर्थ समितिलाई साथ लिएर जान सक्नुपर्ने बताए। 

उनले भने, ‘मुलुकको अर्थतन्त्रका सूचकहरू हेर्दा अप्ठ्यारो अवस्थामा छौँ। अर्थतन्त्रका समस्या र चुनौतीको बीचमा सरकार कसरी अगाडि बढ्छौँ? त्यसमा समितिलाई समेत साथमा लिएर जो दायित्व सरकार अर्थमन्त्रीसँग हुने गर्छ। आगामी बजेटमा अर्थ मन्त्रालय ,राष्ट्र बैंक,प्राकृतिक स्रोत तथा वित्त आयोग,लगानी बोर्ड र राष्ट्रिय योजना आयोगसँग सम्बन्धित आर्थिक सूचकहरू बारेमा अर्थमन्त्रीलाई समितिमा उपस्थित गराएर बैठक बस्ने प्रवर्द्धन गर्नुपर्छ।’

उनले आगामी बजेटमा अर्थ मन्त्रालय,राष्ट्र बैंक, प्राकृतिक स्रोत तथा वित्त आयोग, लगानी बोर्ड र राष्ट्रिय योजना आयोगसँग सम्बन्धित आर्थिक सूचकहरू बारेमा अर्थमन्त्रीलाई समितिमा उपस्थित गराएर बैठक बस्ने प्रवर्द्धन गर्नुपर्ने माग राख्ने । 

सुझावित समाचार