उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजालले उद्योगी व्यवसायीका समस्याप्रति सरकार गम्भीर रहेको बताएका छन्।
आइतबार काठमाडौंमा आयोजित नेपाल बिजनेस समिट कार्यक्रममा बोल्दै मन्त्री रिजालले उद्योगी व्यवसायीले झेल्नुपरेको समस्या समाधानका लागि ऐन कानुन परिमार्जन गर्नुपर्ने भए पनि यसमा नेपाल सरकार गम्भीरतापूर्वक लाग्ने बताएका हुन्।
कृषि, व्यापार, उत्पादनलगायतमा सरकार निक्कै गम्भीर रहेको स्पष्ट पार्दै मन्त्री रिजालले यसका लागि सरकारलाई आवश्यक सुझाव दिनसमेत उद्योगी व्यवसायीलाई आग्रह गरे।
कार्यक्रममा बोल्दै मन्त्री रिजालले उद्योग व्यवसाय सबल नभई देश आर्थिक समृद्धितर्फ जान नसक्नेसमेत बताए।
मन्त्री रिजालको अध्यक्षतामा समिटअन्तर्गत नेपालमा ‘दिगो अर्थतन्त्रका लागि सम्भावित लगानी क्षेत्रहरू’ विषयक सेसनमा सम्पन्न भएको छ।