एटलान्टाको मेडिकल सेन्टरको ११औँ तलामा रहेको प्रतीक्षालयमा बन्दुकधारीले गोली चलाउँदा कम्तीमा एकजनाको मृत्यु भएको छ। त्यस्तै सो घटनामा अन्य चारजना घाइते भएका छन्।
घटनाको विवरण दिँदै एटलान्टा प्रहरी विभागका प्रमुख डारिन सियरबमले गोली चलाउनेले पाँचजनालाई गोली हानेको र तीमध्ये एकजनाको घटनास्थलमै मृत्यु भएको बताएका छन्। गोली लागेका पाँचैजना महिला रहेको बताइएको छ।
एटलान्टा औषधालयनजिक बन्दुकधारीले गोली हानेको बुझिएको छ। उनीहरूको अहिले मेमोरियल अस्पतालमा उपचार भइरहेको पनि सिएनएनले उल्लेख गरेको छ।
घटनामा संलग्न व्यक्ति पूर्व कोस्ट गार्डसम्यान रहेको बुझिएको छ।