एक हजार आठ सयले बढ्यो सुनको मूल्य

बुधबार, २० बैशाख, २०८०
डिजिटल संस्करण

सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला रु एक लाख १० हजार ६ सय तोकिएको छ। 

अघिल्लो दिन प्रतितोला रु. एक लाख आठ हजार आठ सयमा कारोबार भएको सुन आज प्रतितोला रु. एक हजार आठ सयले बढेको हो। 

नेपाल सुनचाँदी व्यवसायी महासंघले सार्वजनिक गरेको विवरणअनुसार आज तेजाबी सुनको मूल्य प्रतितोला रु. एक लाख १० हजार ५० छ। यसको मूल्य अघिल्लो दिन रु. एक लाख आठ हजार तीन सय थियो। 

त्यस्तै, आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला रु. २० ले बढेर रु एक हजार चार सय २५ पुगेको महासंघले जनाएको छ।

महासंघले अन्तर्राष्ट्रिय बजारमा हुने सुन तथा चाँदीको कारोबार मूल्यका आधारमा यहाँ दैनिक सुन तथा चाँदीका मूल्य तोक्दै आएको छ।

सुझावित समाचार