राष्ट्रपति रनिङ सिल्डमा गण्डकीबाट ९४ खेलाडी

बिहिबार, १४ बैशाख, २०८०
डिजिटल संस्करण

१३औँ संस्करणको राष्ट्रपति रनिङ सिल्ड खेलकुद प्रतियोगिता ०८० मा गण्डकी प्रदेशका ९४ जना खेलाडीहरू सहभागी हुँदै छन्।

राष्ट्रिय खेलकुद परिषद् (राखेप) को आयोजनामा काठमाडौंमा हुने प्रतियोगितामा सहभागी हुने खेलाडीहरूलाई बिहीबार पोखराबाट बिदाइ गरिएको छ। उनीहरू बिहीबारै काठमाडौं प्रस्थान गरेका छन्। 

प्रदेश खेलकुद परिषद्का सदस्यसचिव घनश्याम पौडेलले नेतृत्वमा गएको टोलीमा तोपलाल भुसालसहित नौजना प्रशिक्षक र ६ जना टिम म्यानेजरसमेत रहेका छन्।

शनिबारसम्म सञ्चालन हुने प्रतियोगितामा एथलेटिक्स, भलिबल, कबड्डी, कराते, उसु र तेक्वान्दो गरी ६ खेलहरू सञ्चालन हुनेछन्। माध्यमिक तहमा अध्ययनरत १८ वर्षमुनिका खेलाडीहरू सहभागी हुन पाउने प्रतियोगितामा सात प्रदेशका ६ सय ५८ खेलाडीले प्रतिस्पर्धा गर्दै छन्।

प्रतियोगितामा एथलेटिक्सतर्फ छात्र-छात्रामा समान १३–१३, भलिबल र कबड्डीतर्फ छात्र-छात्रामा समान १–१, करातेतर्फ छात्र-छात्रामा समान ४–४ तथा उसु र तेक्वान्दोतर्फ छात्र-छात्रामा समान ३–३ स्वर्ण गरी जम्मा ५० स्वर्णका लागि प्रतिस्पर्धा हुनेछ।

सुझावित समाचार