तनहुँ १ मा रास्वपाका उम्मेदवार डा. वाग्ले पाँच हजार ११ मतले अगाडि

सोमबार, ११ बैशाख, २०८०
डिजिटल संस्करण

तनहुँ क्षेत्र नम्बर १ को प्रतिनिधिसभा सदस्य उपनिर्वाचनको मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार डा. स्वर्णिम वाग्लेले अग्रता कायमै राखेका छन्।

अहिलेसम्मको कुल १७ हजार ७७ मतगणना हुँदा रास्वपाका उम्मेदवार वाग्लेले नाै हजार चार सय ८३ मत प्राप्त गरेर अग्रस्थान कायम राखेका छन् ।

यसैगरी कांग्रेसका उम्मेदवार गोविन्द भट्टराईले चार हजार चार सय ७२ मत प्राप्त गरी वाग्लेलाई पछ्याइरहेका छन् । यस्तै, एमालेका उम्मेदवार सर्वेन्द्र खनालले दुई हजार पाँच सय ६० मत प्राप्त गरेका छन् । 

See More On

सुझावित समाचार