तनहुँ क्षेत्र नम्बर १ को प्रतिनिधिसभा सदस्य उपनिर्वाचनको मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार डा. स्वर्णिम वाग्लेले अग्रता कायमै राखेका छन् । अहिलेसम्मको कुल १६ हजार तीन सय ७२ मतगणना हुँदा रास्वपाका उम्मेदवार वाग्लेले नाै हजार दुई सय दुई मत प्राप्त गरेर अग्रस्थान कायम राखेका छन् ।
यसैगरी कांग्रेसका उम्मेदवार गोविन्द भट्टराईले चार हजार दुई सय १४ मत प्राप्त गरी वाग्लेलाई पछ्याइरहेका छन् । यस्तै, एमालेका उम्मेदवार सर्वेन्द्र खनालले दुई हजार चार सय ३० मत प्राप्त गरेका छन् ।
