मौन अवधिमा मत मागेको भन्दै गोविन्द भट्टराईलाई आयोगको स्पष्टीकरण

आइतबार, १० बैशाख, २०८०
डिजिटल संस्करण

तनहुँ १ मा कांग्रेस उम्मेदवार गोविन्द भट्टराईलाई मौन अवधिमा मत मागेको भन्दै स्पष्टीकरण सोधेको छ। 

जिल्ला आचारसंहिता अनुमगन समितिले भट्टराईलाई मौन अवधिमा भ्वाइस म्यासेजमार्फत मत मागेको भन्दै २४ घन्टे स्पष्टीकरण सोधेको हो।

भट्टराईले ९८८०२९८८०२ नम्बरको मोबाइलको भ्वाइस म्यासेजमार्फत मत मागेको उजुरीको आधारमा मत स्पष्टीकरणमा सोधिएको हो।

‘सो सम्बन्धमा आचारसंहिता प्रतिकूल हुने गरी मत माग्नुभएको हो–होइन ? चौबीस घन्टाभित्र मुख्य निर्वाचन अधिकृतको कार्यालयमा आफैँ वा प्रतिनिधिमार्फत उपस्थित भई स्पष्टीकरण पेस गर्नु,’ स्पष्टीकरणमा भनिएको छ।

सुझावित समाचार