इस्लाम धर्मावलम्बीको महान पर्व इद मनाइँदै (फोटोफिचर)

शनिबार, ९ बैशाख, २०८०
डिजिटल संस्करण

आज ईस्लाम धर्मावलम्वीको महान पर्व ईद अर्थात् ‘इदुलफित्र’। यस पर्वका लागि मुस्लिम समुदायले एक महिना ब्रत बसेका थिए । जसलाई ‘रोजा’ भनिन्छ ।   एक महिनासम्म चल्ने ‘रमजान’ पर्वमा मुस्लिम समुदाय दिनमा निराहार बस्छन् । बिहान  ‘सेहरी’ हलुका खानेकुरा खाएर दिनभर निराहर बस्ने मुस्लिम समुदायका ब्रतालुहरू सूर्यास्त भएपछि ‘एफतार’ मिठो खानेकुरा खाएर रोजा खोल्ने चलन  छ ।

रमजान उर्दू क्यालेण्डरअनुसार हिजरी सम्बत् १४४४ हो भने रमजान महिना नवौँ महिना हो । रमजान महिनामा नै मुस्लिम समुदायको सबैभन्दा ठूलो ग्रन्थ कुरान अवतरण भएको हो भने यो महिनामा अल्लाहको कृतज्ञता प्राप्त हुने विश्वास लिइएको छ ।

रमजान महिना मुस्लिम समुदायका लागि निकै महत्वपूर्ण एवं पवित्र हो र यसमा मुस्लिम समुदायका पाँच आधार स्तम्भमा हज बाहेक सबै स्तम्भ पूरा हुने गर्दछ । इदुलफित्र मनाउनका लागि आज मुस्लिम समुदाय ‘इदगाह’ वा ‘मस्जिद’मा भेला भएर सामूहिकरुपमा नमाज पढ्ने गर्दछन् । इदुलफित्र मनाउनका लागि मुस्लिम समुदाय आज बिहानैदेखि मस्जिदमा पुगेका छन् ।

ईस्लाम धर्मावलम्वीको महान पर्व ईदको सन्दर्भमा नयाँ पत्रिकाकर्मी दीपेन्द्र ढुंगानाले खिचेका केही तस्बिर :

सुझावित समाचार