भेरी नदीमा बनेको बेलिब्रिज भत्कियो, मानवीय क्षति भएको आशंका

बिहिबार, ७ बैशाख, २०८०
डिजिटल संस्करण

जाजरकोट र रुकुम पश्चिम जोड्ने भेरी नदीको बेलिब्रिज भाँचिएको छ । बिहीबार दिउँसो बेलिब्रिज भाँचिएको र मानवीय क्षति भएको आशंका गरिएको छ।

बेलिब्रिज भेरी करिडोरअन्तर्गत जाजरकोट नलगाड नगरपालिका– १२ तल्लु रुकुम पश्चिमको आठबिसकोटबीचमा पर्दछ।

घटनामा परी कम्तीमा पनि चारजनाको मृत्यु भएको जानकारी आए पनि यकिन भने हुन नसकेको जिल्ला प्रहरी कार्यालय जाजरकोटले जनाएको छ।
 

सुझावित समाचार