राष्ट्रिय सभा अध्यक्ष तिमिल्सिना आज रुस जाँदै

बुधबार, ६ बैशाख, २०८०
डिजिटल संस्करण

राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमिल्सिना आज रुसको औपचारिक भ्रमणमा जाँदै छन्। 

रुसको माथिल्लो सदनका अध्यक्ष भेलेन्टिना मटभिन्कोको औपचारिक निमन्त्रणामा अध्यक्ष तिमिल्सिना आठसदस्यीय प्रतिनिधिमण्डलको प्रतिनिधित्व गर्दै आज त्यसतर्फ प्रस्थान गर्दै छन्। 

सो सन्दर्भमा बुधबार (आज) बिहान १० बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकार भेटघाट कार्यक्रम आयोजना गरिएको छ।

सुझावित समाचार