ताप्लेजुङ बजारमा फुङलिङ नगरपालिकाले डोजर चलायो

मंगलबार, ५ बैशाख, २०८०
डिजिटल संस्करण

ताप्लेजुङ बजारभित्र मेची राजमार्ग दायाँबायाँ बनाइएका घरटहरामा नगरपालिकाले डोजर चलाएको छ। चारपटकसम्म दिइएको समयमा पनि अटेरी गरेपछि फुङलिङ नगरपालिकाले मंगलबार आफैँ दुईवटा डोजर चलाएको हो।

नगरपालिकाले मेची राजमार्गको दायाँ–बायाँ साढे ७ मिटर क्षेत्रभित्रका संरचना हटाउन सूचित गर्दै आएको थियो। नगरपालिकाले चैत २६ मा अन्तिमपटकका लागि दिएको अवधि वैशाख २ गते सकिएसँगै उक्त क्षेत्रका संरचना धमाधम भत्काउन थालेको छ।

नगरप्रमुख अमिर मादेनले सडक डिभिजन कार्यालय इलामको समन्वयमा सडक सीमा दायाँ-बायाँ साढे ७ मिटर क्षेत्रभित्रका संरचना हटाउन थालिएको जानकारी दिए।

सडक डिभिजन कार्यालयले मेची राजमार्गको सडक क्षेत्राधिकारभित्रका संरचना हटाउन पहिलोपटक गत पुस २४ गते ३५ दिने सूचना जारी गर्दा दायाँ–बायाँ २१–२१ मिटर हुने गरी उल्लेख गरिएको थियो। तर, नगरपालिकाले अहिलेका लागि सडक सीमा दायाँ–बायाँ साढे ७ मिटर तोकेको छ।

सुझावित समाचार