मुक्तिनाथ विकास बैंकका ग्राहकलाई ल्यान्डमार्क होटेल्समा छुट

मंगलबार, ५ बैशाख, २०८०
डिजिटल संस्करण

मुक्तिनाथ विकास बैंक लिमिटेडले आफ्ना भिसा डेबिट कार्डवाहक तथा मोबाइल बैंकिङ ग्राहकलाई ल्यान्डमार्क होटेल्स एन्ड रिसोर्ट प्रालिका विभिन्न सेवाहरूमा छुट पाउने सम्झौता गरेको छ । बैंकले ल्यान्डमार्कका विभिन्न सेवाहरूमा आफ्ना ग्राहकले विशेष १० प्रतिशतसम्म छुट पाउने सम्झौता गरेको हो । 

सम्झौताअनुसार बैंकका भिसा डेबिट कार्डवाहक तथा मोबाइल बैंकिङ ग्राहकले ल्यान्डमार्क होटेल्स एन्ड रिसोर्टअन्तर्गतका काठमाडौं, पोखरा तथा चितवनमा रहेका होटेलहरूमा ऐकोमोडेसन र फुड एन्ड बेभरेजमा विशेष १० प्रतिशत छुट प्राप्त गर्न सक्ने जनाइएको छ ।

साथै, बैंकले मुक्तिनाथ विशिष्ट सहज कर्जा योजनाअन्तर्गत दुई करोड रुपैयाँसम्मको कृषि कर्जा, साना तथा मझौला व्यवसाय कर्जा, घर निर्माण–खरिद कर्जा, अटो तथा हायरपर्चेज कर्जा, सेयर कर्जा, शैक्षिक कर्जा, जग्गा खरिद तथा अन्य व्यक्तिगत कर्जाहरू आवश्यक कागजात पूरा गरेको तीन कार्य दिनभित्र स्वीकृत गरी प्रदान गर्ने सुविधा ल्याएको जनाएको छ । 

सुझावित समाचार