इतिहासमा आज

बुधबार, २२ चैत, २०७९
डिजिटल संस्करण

सन् १९९८ : विश्वकै दोस्रो ठूलो झोलुंगे पुल खुला । जापानको आकासी काइक्यो पुलको लम्बाइ १९९१ मिटर (६५३२ फिट) छ ।

सन् १९८६ : पश्चिम बर्लिनको ला बेलीमा बम विस्फोट हुँदा कम्तीमा तीनजनाको मुत्यु । नाइटक्लबमा भएको आक्रमणको दोष लिबियाको गोप्य सेवालाई लगाइएको थियो । त्यसको बदलामा लिबियामा भएको हमलामा कम्तीमा १५ जनाको मृत्यु भएको थियो ।

सन् १९५५ : विन्स्टन चर्चिलद्वारा बेलायतको प्रधानमन्त्रीबाट राजीनामा । चर्चिलले नाजी जर्मनीविरुद्ध बेलायत, अमेरिका र सोभियत संघबीचको गठबन्धन बनाउन महत्वपूर्ण भूमिका खेलेका थिए । उनको राजनीतिक जीवन आधा शताब्दी लामो थियो ।

सन् १८७९ : चिलीद्वारा पेरु र बोलिभियामा युद्धको घोषणा । यसले प्रशान्त क्षेत्रमा युद्धको सुरुवाता गर्यो । 

सन् १९०८ : रुसीहरू पछि हट्दै गर्दा जापानी सेना यालु नदीमा प्रवेश ।  

सुझावित समाचार