माओवादीनिकट कर्मचारी संगठनको महाधिवेशनमा विवाद, प्रतिनिधिको नाराबाजी

आइतबार, १९ चैत, २०७९
डिजिटल संस्करण

नेपाल राष्ट्रिय कर्मचारी संगठन निजामतीको पाँचौँ महाधिवेशनमा विवाद भएको छ। खासगरी नेतृत्व चयनको विषयमा विवाद भई जिल्ला जिल्लाबाट आएका प्रतिनिधिले नाराबाजी गरेका छन्।

विवादकै कारण नेतृत्व चयन हुन सकेको छैन। माओवादी नेतृ एवं संगठनको फ्याक्सन इन्चार्ज पम्फा भुसालले नेतृत्व चयनका लागि प्रस्तुत गरेको प्रस्ताव बहुमतले अस्वीकृत भएको छ। 

वर्तमान नेतृत्व परिवर्तन गर्नुपर्ने भन्दै नाराबाजीमा उत्रिएका प्रतिनिधिले मञ्चमा टोपीसमेत प्रहार गरेको एक प्रतिनिधिले बताए। प्रतिनिधिहरूले निर्वाचन प्रक्रियाबाट पदाधिकारी टुंग्याउन माग गरेका छन्।

सुझावित समाचार