देशभरको मौसम खराब, हावाहुरी र चट्याङसहित वर्षा

शुक्रबार, १७ चैत, २०७९
डिजिटल संस्करण

मुलुकभरको मौसममा खराबी आएको छ। बिहीबार साँझ पश्चिम नेपाल भित्रिएको पश्चिमी वायु देशभर फैलिने क्रममा हावाहुरीसहित वर्षा भइरहेको छ। 

मौसम पूर्वानुमान महाशाखाका मौसमविद् गोेविन्दकुमार झाका अनुसार पश्चिमी वायु र स्थानीय वायुका कारण कर्णाली र लुम्बिनीमा वर्षा भएको छ भने काठमाडौंमा पनि वर्षा सुरु भएको छ। 

नवलपरासी क्षेत्रमा दुई घन्टामै २५.४ मिलिमिटर वर्षा भएको छ, प्रिमनसुनमा यो भारी वर्षा हो । भैरहवा क्षेत्रमा हावाहुरीका कारण दिउँसै अँध्यारो भएको छ, काठमाडौंमा पनि हावाहुरी चलिरहेको छ। 

मकवानपुर क्षेत्रमा चट्याङ परेको छ। पश्चिमी वायु काठमाडौंसम्म विस्तार भएको र पूर्व सर्ने क्रममा रहेको महाशाखाले जनाएको छ । यो अवधिमा केही क्षेत्रमा  प्रतिघन्टा ७४ किलोमिटरसम्म हावाहुरी चल्न सक्ने चेतावनी पनि महाशाखाले दिएको छ। 

पश्चिमी वायुको प्रभाव शुक्रबार र शनिबार रहने र आइतबारबाट सुधार हुने आकलन गरिएको छ। प्रिमनसुनमा छिनमै मौसम खराब हुने, हावाहुरी, चट्याङसहित वर्षा हुने हुन्छ।

See More On

सुझावित समाचार