लमजुङमा २० करोडबराबरको अलैँची बिक्री

शनिबार, २७ फागुन, २०७९
डिजिटल संस्करण

लमजुङका अलैँची कृषकले यस वर्ष अलैँची दाना बिक्रीबाट २० करोड रुपैयाँ आम्दानी गरेका छन्। जिल्लामा उत्पादित तीन सय ८० मेट्रिकटन अलैँची दाना बिक्रीबाट कृषकहरूले उक्त रकम आम्दानी गरेका हुन्।

नेपाल अलैँची व्यवसायी महासंघ गण्डकी प्रदेशका अध्यक्ष अजय तामाङका अनुसार उत्पादित अलैँची कृषकले यस वर्ष प्रतिकिलो पाँच सय ५० देखि सात सय रुपैयाँसम्ममा बिक्री गरेका छन्। गत वर्ष किसानले तीन सय ३५ मेट्रिक टन अलैँची बिक्रीबाट १५ करोड आम्दानी गरेका थिए। गत वर्ष नौ सय ५० देखि एक हजार पाँच सय मूल्यमा बिक्री भएको थियो।

२०४१ सालदेखि अलैँची खेती विस्तार भएपछि यसवर्ष हालसम्मकै बढी अलैँची बिक्री भएको हो। यसअघि उनीहरूले सबैभन्दा बढी ०७७ मा तीन हजार पाँच सय क्विन्टल अलैँची दाना बिक्रीबाट १८ करोड २० लाख आम्दानी गरेका थिए।

जिल्लामा एक हजार पाँच सय हेक्टर क्षेत्रफल जमिनमा अलैँची खेती विस्तार गरिए पनि एक हजार दुई सय हेक्टर क्षेत्रफलमा मात्र अलैँची उत्पादन हुँदै आएको छ। जिल्लाको मर्स्याङ्दी, दोर्दी, दुधपोखरी, क्व्होँलासोथर गाउँपालिका र बेँसीसहर, राइनास, मध्यनेपाल नगरपालिकामा अलैँची खेती गरिँदै आएको छ।

See More On

सुझावित समाचार