फेवातालमा डुंगा पल्टियो, ६ जनाको उद्धार, एकको अवस्था गम्भीर

शनिबार, २० फागुन, २०७९
डिजिटल संस्करण

पोखराको फेवातालमा प्याडलबोट पल्टिएको छ। एक्कासि आएको हावाहुरी र वर्षाका कारण प्याडलबोट पल्टिएको हो।

हावाहुरीका कारण तालमा आएको छालका कारण प्याडलबोट पल्टिँदा त्यसमा सवार ६ जना तालमा खसेका थिए। पल्टिएको बोटले थिचेको अवस्थामा उनीहरूलाई प्रहरी, डुंगा व्यवसायीलगायतले सकुशल उद्धार गरेका छन्। त्यसमध्ये एकजनाको अवस्था चिन्ताजनक रहेको प्रहरीले जनाएको छ।

पोखरा– १ की ७९ वर्षकी यममाया गिरीको अवस्था गम्भीर रहेको र हाल उनको गण्डकी मेडिकल कलेजमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता श्रवण विकले जानकारी दिए।
 

सुझावित समाचार